शुक्लाफाँटा निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्या बढ्यो, संरक्षणमा लाग्न सुझाब

धनगढी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ। दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ ।

सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो। सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो। सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो।

Navadurga sun

त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो। निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार स्थानान्तरण गरिएको छोटो समयमा शुक्लाफाँटामा कृष्णसारको राम्रो वृद्धि भएको छ। सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप हुन लागेको भनिएको थियो । सन् १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो।

सन् १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, सन् १९८५ देखि १९८८ सम्म थप चार र सन् १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो तर त्यहाँ कृष्णसार बाँच्न सकेनन्। सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६.९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणको कार्य अघि बढाइएको थियो। बर्दियाको कृष्णसार संरक्षण क्षेत्रभन्दा शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढी रहेको छ। बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारको सङ्ख्या १८७ पुगेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटमा ५८.८ हेक्टर क्षेत्रफल तारबार गरी कृष्णसारको बासस्थान विस्तार गरिएको छ। सुरुवातमा ७.५ हेक्टर क्षेत्रमा कृष्णसारको बासस्थान बनाइएको थियो। सङ्ख्या बढे अनुसार बासस्थान बढाइएको छ । कृष्णसार जलवायु परिवर्तनको असरको चपेटामा परेको बताइएको छ। यद्यपि अन्य दुर्लभ वन्यजन्तुको तुलनामा कृष्णसार संरक्षणमा सरोकारवालाको ध्यान नपुगेको बताइन्छ। नेपालमा कृष्णसारलाई वंशाणुगत रूपमै स्वस्थ राख्ने, निरन्तर सङ्ख्या बढाउने र पुनः प्राकृतिक पुनस्र्थापना गर्ने रणनीति लिइएको छ। यसका लागि स्थानान्तरण गरी अन्य क्षेत्रमा पनि कृष्णसारको सङ्ख्या बढाउने,यसको बासस्थानमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्ने, सुरक्षाका लागि नवीनतम् प्रविधिको प्रयोग गर्ने योजना बनाइएको जनाइएको छ। गोरखापत्र

ADD Khali jpg
ADD Khali jpg
Loading...