बैतडीमा ससुराली भेट गर्न गएका एक पुरुषको मृत्यु

Purbadhar dadeldhura

बैतडी- बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ।बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ ३ गजिण घर भएका ५० बर्षीय देव लुहारको ससुराली गएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

बैतडी प्रहरीका अनुसार भेटघाटका लागि उनी ससुराली गएका थिए। सिगास-९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर गएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ।

उनी फागुन ९ गते गन्सुर गएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...