कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी– कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह र धनगढी-३ को राना गाँउबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २७ हजार ८८० मूल्यको चिनी, प्याज, मिठाई, डाल्डा, चना, बेसन, सरप, सुर्तीजन्य पदार्थ लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाँउबाट भन्सार छलि गरि ल्याएका २ लाख मूल्यको लेडिज कुर्ता, सेनिटरी प्याड, बल्ब, औठी/हार कभर लगायतका सामान बरामद गरिएको छ।

Navadurga sun

यस्तै बेलौरी नगरपालिका-४ क्याम्पस सडकबाट अन्दाजी २८ हजार ९२० मूल्यको मल खाद, डिउ, साईकल लगायतका सामान र पुनर्वास नगरपालिका-१० दोदाबाट ६ हजार मूल्यको माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...