अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १४ घाइते

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अछाम- अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका-५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । १४ जना घाइते भएका भएका छन् ।

Malpot office dadeldhura

घाइते मध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेका थिए । डोटीको पूर्वीचौकी गाउँपालिका-४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चौरपाटी गाउँपालिका-५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुर्‍याएर उपचार भइरहेको छ । अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

चौरपाटी बस्ने ५१ वर्षीय तेज बहादुर रावलले चलाएको से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब १ सय ५० मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी पुगेर घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...