बझाङस्थीत सेती जलविद्युतको टनेल निर्माण सुरु

बझाङ- चैनपुर सेती जलविद्युत परियोजना मुख्य सुरुङ मार्गतर्फ जाने बाटो (अडिट टनेल) को निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको रुमाली गाड र बस्टीको दुई वटा टनेल निर्माणको काम एकसाथ सुरु भएको हो ।

मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका-३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन् । टनेल निर्माणको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले उद्घाटन गरेका छन ।

तीन मध्ये बस्टीगाउँको बस्तीनजिक रहेको अर्को सुरुङ भने स्थानीयले सिँचाई र रोजगारीको माग गर्दै विवाद गरेका कारण निर्माण गर्न ढिलाई भएको हो । स्थानीयको माग सम्बोधन हुने चरणमा रहेको र एक साता भित्र तीनै टनेलको काम सुरु भइसक्ने आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।

Loading...