कञ्चनपुरमा तीन लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी- कञ्चनपुरमा तीन लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । बेलौरी नगरपालिका-६ भुराकोटबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४० हजार २५० मूल्यको मोटरसाईकलका बिभिन्न पाटपुर्जा (फिडर, फडर, स्टार्ट मोटर, साईड लाईट, मोटर गाड, पछाडीको लाईट, सानो फिल्टर, ठुलो फिल्टर, सिट कभर, ब्रेक/क्लोज तार) लगायतका सामान बरामद गरिएको छ ।

पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ७४ हजारको कुर्ती, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान र पुनर्वास नगरपालिका-११ को १९७ नम्बर पिल्लर नजिकबाट २ लाख ८ हजार ५०० मूल्यको कुर्ती, दोपट्टा, बच्चाको सुट, सुर्ती लगायतका सामान गरि जम्मा ३ लाख २२ हजार ७५० मूल्यको सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...