एभरेष्ट एकेडेमीले १८ औं बार्षिकोत्सव तथा पुरुस्कार बितरण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमी स्कुलको १८ औँ बार्षिकोत्सव तथा पुरुस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार एक कार्यक्रमका बिच भब्यताका साथ सम्पन्न भएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त कार्यक्रममा एभरेष्ट एकेडेमीका बिद्यालय ब्यबस्थापन समिती सदस्य बासुदेव जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पेब्सनका केन्द्रिय उपाध्यक्ष तथा ज्ञान ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल जगबिर थापा रहेका थिए ।

प्रमुख अतिथि थापाले निजी विद्यालयहरुमा एभरेष्ट एकेडेमी अग्रपंक्तिमा आउने भएकाले बिद्यालयमा विद्यार्थीहरुको संख्या न्यून नभएको बताए । एभरेष्ट एकेडेमी परिवार अभिभावकहरुको नजरमा पनि उत्कृष्ट भएकोले यो पनि अत्तरिया क्षेत्रको उत्कृष्ट बिद्यालय भएको बताए ।

Dadeldhura hospital

बिशिष्ट अतिथिहरुमा एभरेष्ट एकेडेमीका प्रिन्सिपल बंसिराम चौधरी र एभरेष्टका भाइस प्रिन्सिपल धर्म राज भट्ट लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक बसन्त साधकले गरेका थिए ।

कार्यक्रममा भाइस प्रिन्सिपल भट्टले स्वागत मन्तव्य राखेका थिए । उनले एभरेष्ट स्कुल १८ औ बर्ष सम्म पुग्दा अत्तरिया क्षेत्र कै नमुना बिद्यालय भएको र हाल ८५० जना बिद्यार्थीहरुलाई पठनपाठन गर्ने अवसर दिइ रहेको छ । एसइइमा पनि गोदावरी नगरपालिका क्षेत्र कै उत्कृष्ट नतिजा ल्याएर यो स्कुललाइ चिनाउने बिद्यार्थीहरु जन्माउने बिद्यालयमा सम्पूर्ण भौतिक पूर्वाधारहरु भएको बताए । बार्षिक उत्सवको अवसरमा ५०० जना बिद्यार्थीहरुलाई पुरुस्कार प्रदान गरेको भाइस प्रिन्सिपल भट्टले बताए ।

कार्यक्रममा २०७९ सालमा एसइइ परिक्षामा सर्वोत्कृष्ट नं.ल्याउने प्रेन्सि भट्ट गोदावरी नगरपालिका प्रथम, रबिन्द्र धामी, पुर्णीमा  भट्टराई लगायत ३ जनालाइ प्रमाण पत्र, खादा र नगद ३ हजारका दरले पुरुस्कार बितरण गरिएको छ । यो पुरुस्कार आधारभूत परिक्षा अथवा कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गरेकी जेनिसा चौधरीलाई पनि प्रदान गरेको छ ।

उक्त बिद्यालयमा ५० जना शिक्षकहरु रहेको शिक्षक बम महराले बताए । कार्यक्रममा आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएका थिए ।

Loading...