एभरेष्ट एकेडेमीले १८ औं बार्षिकोत्सव तथा पुरुस्कार बितरण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमी स्कुलको १८ औँ बार्षिकोत्सव तथा पुरुस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार एक कार्यक्रमका बिच भब्यताका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा एभरेष्ट एकेडेमीका बिद्यालय ब्यबस्थापन समिती सदस्य बासुदेव जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पेब्सनका केन्द्रिय उपाध्यक्ष तथा ज्ञान ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल जगबिर थापा रहेका थिए ।

प्रमुख अतिथि थापाले निजी विद्यालयहरुमा एभरेष्ट एकेडेमी अग्रपंक्तिमा आउने भएकाले बिद्यालयमा विद्यार्थीहरुको संख्या न्यून नभएको बताए । एभरेष्ट एकेडेमी परिवार अभिभावकहरुको नजरमा पनि उत्कृष्ट भएकोले यो पनि अत्तरिया क्षेत्रको उत्कृष्ट बिद्यालय भएको बताए ।

बिशिष्ट अतिथिहरुमा एभरेष्ट एकेडेमीका प्रिन्सिपल बंसिराम चौधरी र एभरेष्टका भाइस प्रिन्सिपल धर्म राज भट्ट लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक बसन्त साधकले गरेका थिए ।

कार्यक्रममा भाइस प्रिन्सिपल भट्टले स्वागत मन्तव्य राखेका थिए । उनले एभरेष्ट स्कुल १८ औ बर्ष सम्म पुग्दा अत्तरिया क्षेत्र कै नमुना बिद्यालय भएको र हाल ८५० जना बिद्यार्थीहरुलाई पठनपाठन गर्ने अवसर दिइ रहेको छ । एसइइमा पनि गोदावरी नगरपालिका क्षेत्र कै उत्कृष्ट नतिजा ल्याएर यो स्कुललाइ चिनाउने बिद्यार्थीहरु जन्माउने बिद्यालयमा सम्पूर्ण भौतिक पूर्वाधारहरु भएको बताए । बार्षिक उत्सवको अवसरमा ५०० जना बिद्यार्थीहरुलाई पुरुस्कार प्रदान गरेको भाइस प्रिन्सिपल भट्टले बताए ।

कार्यक्रममा २०७९ सालमा एसइइ परिक्षामा सर्वोत्कृष्ट नं.ल्याउने प्रेन्सि भट्ट गोदावरी नगरपालिका प्रथम, रबिन्द्र धामी, पुर्णीमा  भट्टराई लगायत ३ जनालाइ प्रमाण पत्र, खादा र नगद ३ हजारका दरले पुरुस्कार बितरण गरिएको छ । यो पुरुस्कार आधारभूत परिक्षा अथवा कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गरेकी जेनिसा चौधरीलाई पनि प्रदान गरेको छ ।

उक्त बिद्यालयमा ५० जना शिक्षकहरु रहेको शिक्षक बम महराले बताए । कार्यक्रममा आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएका थिए ।

Loading...