बैतडीमा रुखले च्यापिदा एक किशोरको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा रुखले च्यापिदा एक किशोरको मृत्यु भएको छ। पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैंले काट्दै गरेको सल्लाको रुखमुनी च्यापिएर मृत्यु भएको हो।

शुक्रबार बिहान करिब ९ बजेको समयमा घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय सोही रुखमुनी च्यापिएर गम्भीर घाइते भएका थिए। मध्यान्ह १२ बजेको समयमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए। प्रकाश पाटन नगरपालिका वडा नं १ स्थित सिद्धेस्वर मावि मेल्चौरामा कक्षा १० मा अध्यायनरत थिए ।

Navadurga sun
Godawari sandesh
Loading...