कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं.१८ का कर्ण बहादुर चन्द र भीमदत्त नगरपालिका वडा नं.१६ का दशरथ धानुकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ ।

कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो । भीमदत्त नगरपालिका वडा नं.४ का ४२ वर्षीय भट्टलाई गड्डाचौकीबाट र कुँवरलाई उनको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनु कुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए । उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्दा दर्ता गरेको छ ।

Loading...