कैलालीको धनगढी र गोदावरी बीच नदीजन्य पदार्थ संकलनमा विवाद

अत्तरिया– कैलालीमा नदीजन्य पदार्थ संकलनमा धनगढी र गोदावरी बीच विवाद भएको छ । कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका बीच खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउने विषयमा विवाद भएको हो ।

Dadeldhura hospital

गोदावरीको वडा नम्बर-९ धनचौरीमा नदीजन्य पदार्थ उठाउने विषयमा दुवै नगरपालिका बीच विवाद बढ्दै गएको हो । गोदावरी नगरपालिकाले विगतका वर्षहरुमा आफूले नदीजन्य पदार्थ उठाउँदै आएको क्षेत्रबाट धनगढीले नदीजन्य पदार्थ उठाउन थालेपछि विवाद भएको जनाएको छ । सो क्षेत्रमा विवाद भएपछि आइतबार गोदावरी नगरपालिकाका मेयर सहितको टोली सो क्षेत्रमा पुगेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

तत्काल विवाद समाधान नभएसम्मका लागि सो क्षेत्रबाट नदीजन्य पदार्थ नउठाउँने गोदावरीका मेयर विरेन्द्र भट्टले बताए । उनले यस अघि नदीको पुर्व तिर धनगढीले र पश्चिम तिर गोदावरीले नदीजन्य पदार्थ उठाउँदै आएको भएपनि विवाद आएपछि प्राविधिक टोलीले अध्यन गरेर समस्या सामाधान गरिने बताए। विवाद समाधानका लागि जिल्ला समन्वय समिति संग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष रामलाल चौधरीले विवाद बढाउनुको सट्टा केही दिन उत्खनन बन्द गरी समस्या सामाधान गर्न लागिएको बताए । धनगढी उपमहानगरपालिका-१७ का वडाअध्यक्ष र आफू बसेर छलफल गरी अगाडि बढ्ने बताए । धनगढी उपमहानगरपालिका -१७ का वडाअध्यक्ष माधव राज रानाले भने जिपीएस नक्सामा धनगढी देखिएको क्षेत्रमा गोदावरीले नदीजन्य पदार्थ संकलन गरेपछि विवाद भएको बताए । उनले आइतबार गोदावरीका मेयर लगायतको टोलिसंग छलफल गरीएको र आज सोमबार सम्म जिल्ला समन्वय समितिको टोलि आएर समस्याको समाधान गरिने सहमति भएको वडाअध्यक्ष रानाले जानकारी दिएका छन् ।

Loading...