लागु औषध सहित २ जना पक्राउ

कञ्चनपुर- अवैध लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २१ वर्षीय प्रकाश ठगुन्ना र २३ वर्षीय रामचन्द्र भाट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

Dadeldhura hospital

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका-६ को चानदेवमा प्रदेश नम्बर ७ म.१ प.५८९६ नम्बरको होण्डा साईन मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागु औषध सहित दुवैजनालाई पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

उनीहरु दुवैको साथबाट १४ ट्याव्लेट प्रेगास्टर, ८७ ट्याबलेट कफट्याब-डि, १० ट्याव्लेट नाईट्रोभेट, २ दशमलव ०२० ग्राम खैरो धुलो पदार्थ, ३ दशमलव ५ आना चरेश जस्तो देखिने कालो पदार्थ र मोटरसाइकल पनि बरामद गरिएको शाहीले बताए ।

Loading...