कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादरबाट उनीहरु पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दुई युवक रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले सून्य दशमलव ३१ ग्राम लागुऔषध फेला पारेको हो। इलाका प्रहरी कार्यालय, बेलौरीको समूहले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान जारी रहेको छ ।

Loading...