धनगढीमा गाडी स्कुटरसँग ठोक्किदा दुई जना घाइते

धनगढी- कैलालीको धनगढीमा कार र स्कुटर एकआपसमा ठोक्किएका छन्।

Dadeldhura hospital

बिहीबार धनगढी उपहानगरपालिका–४ चटकपुरमा कार र स्कुटर एक आपसमा ठोक्किएका हुन्। ३० वर्षीय मनिष कुँवरले चलाएको बा ९ च २६२५ नम्बरको कार र विपरीत दिशाबाट आएको से ६ प ७१८७ नम्बरको स्कुटर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

स्कुटर चालक गोदावरी नगरपालिका–५ गेटाका २७ वर्षीय रस्सन र सोही स्थानकी ३० वर्षीया चन्द्रा चौधरी घाइते भएको प्रहरीले जनाएको छ। स्कुटरमा सवार दुबै जनाको धनगढीस्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। कार चालक कुँवर नेपाल विद्यार्थी संघ कैलालीका सभापति हुन्।

Loading...