कञ्चनपुरमा विद्यार्थी कुटिएको घटनापछि विद्यालय बन्द

कञ्चनपुर- कञ्चनपुरमा विद्यार्थी कुटिएको घटनापछि विद्यालय बन्द गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मा रहेको समैजी मावि विद्यालयमा विद्यार्थी कुटपिटको घटनापछि चर्चामा आएको उक्त विद्यालयमा विद्यार्थी काँप्ने क्रम नरोकिएको भन्दै बन्द गरिएको हो ।

Bhancha ghar0

विद्यालय व्यवस्थापन समितिबाट निणर्य गरेर माघ २४ गते देखि २७ गते सम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक सन्दीप ओझाले बताए । विद्यालयमा माघ २२ गते कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्का माथि सोही विद्यालयका शिक्षक लोक बहादुर खड्काले कुटपिट गरेपछि विद्यार्थी आन्दोलित छन ।

विद्यालयले भने टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोक बहादुरको घरमा पुगेपछि शिक्षक खड्कालाई ‘हाक’(धामी) आएर कुटपिट गरेको जनाएको छ । विद्यार्थीहरुले कुटपिटको घटना ढाकछोप गर्न विद्यालयनै बन्द गरिएको बताएका छन । विद्यालयमा आन्दोलन हुन थालिएपछि विद्यालय बन्द गरेको विद्यार्थीहरुको दावी छ ।

Loading...