बझाङका गाउँबस्ती युवाविहीन बन्दै

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उनको घरको रेखदेख गर्ने कोही छैनन् । उनका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।

गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार रोजगारीको सिलसिलामा भारत पलायन भएका हुन् । गाउँघरमा रोजगारीको अवसर तथा खेतीपाती गर्दा राम्रो उब्जाउ नहुने भएकाले यसरी पलायन हुनु परेको स्थानीयको भनाइ छ ।

यहाँका अधिकांश युवा कामको खोजीमा बाध्य भएर गाउँ छोडेर अन्यत्रै पलायन भएका छन् । कतिपय झोलीझिम्टा बोकेर र घरमा ताला ठोकेर तराई तथा भारत पस्ने गरेका छन् । स्थानीय राजे सार्कीको घरमा पनि ताला लागेको वर्षौं भयो । उहाँ पनि सपरिवार भारत पस्नुभएको छ । केही महिनाअघि गएको भूकम्पका कारण घर चर्किए पनि पुनर्निर्माणका लागि राजे सार्की गाउँ फर्किने सम्भावना देखिँदैन ।

Bhancha ghar0

अधिकांश नागरिक भारत जानुको मुख्य कारण आम्दानीको स्रोतको अभाव, खेतीयोग्य जमिन तथा स्वरोजगार नहुनु मुख्य कारण देखिएको छ । अर्काको खेतबारीको काम गर्नु, मागेर जीविका चलाउनु र काम गरेर खाने वातावरण नभएपछि भारत पस्ने गरेको देखिन्छ ।

त्यस्तै स्थानीय युवा हिरू सार्की, बने सार्की, सिबु सार्की, कन्तरे सार्की, हर्क सार्कीलगायत १५ परिवारको घरमा ताला लागेको छ । गाउँ सुनसान जस्तै बनेको छ । कसैको घर वृद्धवृद्धा बाआमाले कुरिरहेका छन्, कसैकोमा ताला लागेको छ ।

रोजगारीको खोजीमा भारत नगएको एउटा घर पनि बाँकी छैन । स्थानीय सिद्धराज सार्कीले भन्नुभयो, “मेरो आफन्तका १९ घर छन् तर अहिले तीनरचार परिवार मात्रै गाउँमा छौँ । अरू सबै रोजगारीको खोजीमा घरमा ताला लगाएर सपरिवार भारतका विभिन्न सहरमा पुगेका छन् ।परिवारसहित भारत पसेकाहरू वर्षौं भइसक्दासमेत फर्किएका छैनन् । स्थानीय सरकारले गाउँ गाउँमा सडक, बत्ती र खानेपानीको सुविधा पु¥याए पनि आम्दानीको स्रोतको अभावमा गाउँ छोडेर अन्यत्र पलायन हुनेको सङ्ख्या बढिरहेको छ ।

कहिलेकाहीँ देवीदेवताको पूजाआजा गर्न आउने पनि एकरदुई दिन बसेर भारत नै फर्किने गरेका छन् । रोजगारीको खोजीसँगै भारत पसेका सबै जनाले छोराछोरीसमेत सँगै लैजाने गरेका कारण बालबालिकाको भविष्यसमेत अन्धकार बन्दै गएको बताइन्छ । यहाँ गाउँमा बस्ने वातावरण छैन । भारतका विद्यालयमा अध्ययन गराउन आर्थिक अवस्थाले भ्याउँदैन । जसका कारण विद्यालय जाने उमेर समूहका बालबालिका बुवाआमासँग मजदुरी गर्न बाध्य हुने गरेको स्थानीय मदन सार्कीले बताए। उनले भन्नुभयो, “गाउँमा रोजगारीको अवसर नभएका कारण युवा बिदेसिएसँगै मान्छे मर्दा लास घाटसम्म पु¥याउने मान्छे पनि छैनन् । कतिपय युवाका लागि विदेश जानु फेसन जस्तै भएका कारण बझाङका धेरै गाउँ रित्तिएका छन् ।”

खप्तडछान्ना गाउँपालिका–३ का वडाध्यक्ष गौरी अधिकारीले भारत जाने सङ्ख्या धेरै रहेको बताए । घरको एक जना रोजगारीका लागि भारत नगएको कुनै गाउँ नै छैन । यस विषयमा वडा र पालिकाभन्दा पनि प्रदेश सरकार र सङ्घीय सरकारले विशेष नीति ल्याएर काम गर्नुपर्ने सुझाव उनको छ । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया विदेश जाने युवालाई स्वदेशमै रोक्न विभिन्न सिपमूलक तालिम र अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । बझाङका विकट साइपाल, तलकोट, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, थलारा, छबिसपाथिभेरा, दुर्गाथली, सुर्मा, केदारस्युँ, विथ्थडचिर गाउँपालिका र बुङ्गल नगरपालिकाबाट हजारौँको सङ्ख्यामा युवा भारत पलायन भएका छन् । गोरखापत्रबाट

Loading...