दुर्गालक्ष्मी नमूना माविको एसईई नतिजा उत्साहजनक, ६०.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण

अत्तरिया- दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय ले शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार विद्यालयको समग्र नतिजा उत्साहजनक देखिएको छ।

विद्यालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ। साथै, यो सफलता हासिल गर्न योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा सम्पूर्ण सरोकारवालाप्रति प्रधानाध्यापक बिर सिंह महताले धन्यवाद ज्ञापन गर्नुभएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विद्यालयका अनुसार यस वर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ६०.१८ प्रतिशत अर्थात् १९५ जना विद्यार्थी उत्तीर्ण (Graded) भएका छन्। जीपीए अनुसारको विवरण यस्तो छः

  • ३.६ देखि ४.० जीपीए (A+) : १३ जना
  • ३.२ देखि ३.६ जीपीए (A) : ३८ जना
  • २.८ देखि ३.२ जीपीए (B+) : ७९ जना
  • २.४ देखि २.८ जीपीए (B) : ५८ जना
  • २.० देखि २.४ जीपीए (C+) : ७ जना
  • १.६ देखि २.० जीपीए (C) : ० जना

त्यसैगरी, परीक्षामा सहभागीमध्ये ३९.८१ प्रतिशत अर्थात् १२९ जना विद्यार्थीहरूको नतिजा ‘नन ग्रेडेड’ (NG) आएको विद्यालयले जनाएको छ।

Loading...