लगातार वर्षा र असिनाले बैतडीमा बालीनालीमा क्षति

बैतडी- केही दिनदेखि लगातार भइरहेको वर्षा र असिनाले बैतडीका विभिन्न स्थानमा बालीनालीमा ठूलो क्षति पुगेको छ। दैनिकजसो पानीसँगै असिना परिरहेकाले गहुँबाली, तरकारी तथा फलफूल खेती प्रभावित भएको किसानहरूले बताएका छन्।

दशरथचन्द नगरपालिका–१ का किसान कृष्णदत्त भट्टका अनुसार वर्षाका कारण कतिपय ठाउँमा किसानहरूले गहुँ भित्र्याउन पाएका छैनन् भने काटेर राखिएको गहुँ पनि कुहिने अवस्थामा पुगेको छ।

Navadurga sun

यस्तै, पानीसँगै परेको असिनाले तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्‍याएको किसानहरूको भनाइ छ। सुर्नयाका किसान नवराज अवस्थीले लगातारको वर्षा र असिनाका कारण आलु लगायतका तरकारीबालीमा नोक्सानी भएको बताए।

असिनाले फलफूल खेतीमा समेत असर पुर्‍याएको छ। फुल्न लागेका तथा फल लागिसकेका बोटबिरुवामा असिनाले क्षति पुर्‍याएको किसानहरूले बताएका छन्।

कतिपय स्थानमा अझै गहुँबाली काट्न बाँकी रहेकाले असिनाले थप क्षति पुर्‍याएको जनाइएको छ। आज दिउँसो पनि बैतडीका विभिन्न क्षेत्रमा पानी र असिनाले बालीनालीमा क्षति पुर्‍याएको किसानहरूले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...