एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड ले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन् ।

गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेअनुसार बोर्डले परीक्षा सकिएको २९ दिनमै सोमबार राति नतिजा सार्वजनिक गरेको हो ।

Navadurga sun
Godawari sandesh

यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र र ७ जना अन्य विद्यार्थी रहेका थिए । जापानस्थित एभरेस्ट स्कुल बाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो ।

Dadeldhura hospital

कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

Loading...