बझाङको खप्तडछान्नाले गर्‍यो आफ्नै स्काइभेटर खरिद

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकाले आफ्नै स्काइभेटर खरिद गरेको छ । स्काइभेटर खरीदको लागि गाउँ सभाबाट १ करोड ५० लाख बजेट छुट्रयाइएको भएपनि इभिडिङ टेन्डर मार्फत १ करोड २५ लाखमा स्काइभेटर खरीद गरेको पालिकाले जनाएको छ ।

Bhancha ghar0

बिकास बजेटमा अनावश्यक खर्च रोक्न, बिकासमा छिटो छरितो, भैपरी आउने समस्यालाई चाडो निकास दिनका लागि गाउँपालिकाले आफ्नै स्काइभेटर खरिद गरेको गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले बताए ।

लामो प्रयासपछि डोजर खरिद गर्ने लक्ष्य सफल भएको गाउँपालिकाले जनाएको छ । स्काइभेटर उपलब्ध गराउने कम्पनीले मंगलवार गाउँपालिकाका अध्यक्ष रोकायालाइ साचो सहित हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी रमानन्द जोशीले बताए ।

Loading...