कैलालीबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ बडराबाट ५० हजार मूल्यको जेन्स कुर्ती, लेडिज सुट, प्लाजु लगायतका सामान र भजनी नगरपालिका ५ कव्वाखेडा घाटबाट ९१ हजार १९० मूल्यको कुर्ती सुरवाल, गन्जी, डिजे साउण्ड माईक, भाडा बर्तन, चक्लेट लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नियन्त्रणमा लिएका उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय बुझाएको जनाएको छ ।

Loading...