बझाङमा बाघले ११ बाख्रा मार्‍यो

Bhancha ghar0

बझाङ- बझाङमा बाघले ११ बाख्रा मारेको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मागरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीले वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बताएको छ । शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो । एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मागरेको हो। उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन् । अस्थायी प्रहरी पोस्ट बगडाको टोली घटनास्थल गएको प्रदेश प्रहरीले बताएको छ ।

Loading...