बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Bhancha ghar0

बाजुरा- बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति खप्तड छेडेदह २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घरमा रहेका दुई वटा बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र क्षतिको एकिन विवरण आउँन बाँकी रहेको बताइएको छ ।

Loading...