कञ्चनपुरमा एक गोठमा आगलागी

कञ्चनपुर- कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा एक गोठमा आगो लागेको हो । बन्तरियामा राम सिंह कार्कीको घर नजिकैको गोठमा आगलागी हुँदा काठ, भुसा, काठको धान राख्ने भकारी लगायत सामाग्री पूर्ण रूपमा जलेको छ ।

Malpot office dadeldhura

बाख्राका पाठालाई जाडोबाट बचाउनका आगोमा सेकाउने क्रममा मङ्गलवार राति बालेको आगोबाट गोठमा सल्किएको हो। कार्कीले राति आगो निभाउन बिर्सिएकाले क्षति भएको बताएका छन् ।

बुधवार बिहान गोठमा आगलागी भएको देखेपछि प्रहरी र स्थानीय जनप्रतिनिधि लाई खबर गरिएको थियो । पुनर्वास नगरपालिकाको दमकल र जेसिबीको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । बेलौरी नगरपालिकासँग दमकल छैन ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...