


बैतडी- बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका-६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन् ।


उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।



