अत्तरिया र धनगढीका २५३ ग्राहकको विद्युत लाइन काटियो

धनगढी- कैलालीको धनगढी र अत्तरियामा २ सय ५३ ग्राहकको विद्युतलाइन काटिएको छ । समयमा विद्युत महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत लाइन काटिएको हो । ती ग्राहकले १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ विद्युत महसुल बुझाउन आनाकानी गरेपछि धनगढी विद्युत वितरण केन्द्रले लाइन काटिदिएको हो ।

Bhancha ghar0

विद्युत लाइन काटेपछि १ सय ८० ग्राहकले विद्युत महसुल बुझाएको धनगढी विद्युत वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेश कुमार गोयलले बताए । विद्युत लाइन काटिएपछि १ महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४ सय ९१ रुपैयाँ विद्युत महसुल वाफतको रकम असुली भएको उनले बताए । धनगढी विद्युत वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडक लगायत गरी ७ वटा कार्यालयको लाइन काटेको छ ।

ती कार्यालयले ६ लाख २ हजार ६ सय ७ रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी छ । सरकारी कार्यालयबाट १ लाख ४८ हजार ६ सय ४० रुपैयाँ मात्र विद्युत महसुल वाफतको रकम असुली भएको छ । विद्युत वितरण केन्द्रका अनुसार एक महिनाको अवधिमा धनगढी र अत्तरिया क्षेत्रमा मात्र २ सय ५३ विद्युत ग्राहकको लाइन काटिएको हो ।

Loading...