

बझाङ- बझाङमा आगलागी भएको छ। जिल्लाको मष्टा गाउँपालिका–७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसी सहित दुई गोठ जलेका छन्।



शनिबार राति १० बजेको समयमा ठकुन्ना गाउँ नजिकै रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा आगलागी भएको हो। स्थानीयले राति गोठ जलेको देखेपछि त्यहाँ पुगेका थिए।


तत्काल आगलागी नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडा अध्यक्ष धन बहादुर जेठाराले बताए। आगलागीबाट करिब डेढ लाख बढी क्षति भएको अनुमान गरिएको छ।

