बेदकोट नगरपालिकाका विद्यालयमा ३ दिन विदा

अत्तरिया- कञ्चनपुरको बेदकोट नगरपालिकाका विद्यालयमा ३ दिन विदा दिइएको छ । बेदकोट नगरपालिकाको निणर्य अनुसार नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा माघ १० देखि १२ गतेसम्म जाडो बिदा गरिएको बेदकोट नगरपालिका शाखा अधिकृत मन्जु थापाले बताए ।

Bhancha ghar0

‘अत्याधिक चिसो बढी बिद्यालयहरुको नियमित पठनपाठन कार्यमा असहजता तथा स्वास्थ्यमा प्रतिकुल असर पर्ने अवस्था देखिएकोले विद्यालयहरुको स्थानीय विदाबाट कट्टा हुने गरी ३ दिन जाडो विदा दिएको व्यहोरा श्रीमान नगरप्रमुख स्तरीय निणर्यानुसार जानकारी गराइन्छ ।’ शाखा अधिकृत थापाद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

Loading...