बैतडीमा जंगली बँदेलको आक्रमणबाट २ जना घाइते

Bhancha ghar0

बैतडी- बैतडीमा जंगली बँदेलको अक्रमणबाट २ जना घाइते भएका छन् । बैतडीको मेलौली नगरपालिका-२ सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल बँदेलको अक्रमणबाट घाइते भएका हुन् ।

आइतबार दिउंसो घरमै बसीरहेका जोशीमाथी बँदेलले आक्रमण गरी घाइते बनाएको हो । यस्तै ९ वर्षीया बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो । बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट लागेको बताइएको छ । घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ ।

Loading...