सहकारी बैंकको सेवा सुविधा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
आर्थिक मँदिमा पनि सहकारीले राम्रो भुमिका निर्वाह गरेकाे छ : नगर प्रमुख भट्ट


अत्तरिया- राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय धनगढीको आयोजनामा सहकारी बैंकको सेवा सुविधा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सम्पन्न भएको हो ।


कार्यक्रममा सभापतित्व राष्ट्रिय सहकारी बैंक धनगढी शाखा समन्वय उप समिति संयोजक तथा नबजीबन सहकारीका अध्यक्ष देब बम रहेको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।



प्रमुख अतिथि बिरेन्द्र भट्टले सहकारीले पिछडिएको वर्गको लागी सहयोग गरेको छ । आर्थिक मँदिमा पनि सहकारीले राम्रो भुमिका निर्वाह गरेका छन। नगरपालिकाले बिभिन्न किसिमका तालीमहरुको ब्यवस्था गर्ने छ । आउनु होस् सबै सँगै सल्लाह गरि अगाडि बढौ तिनवटै सरकारको प्रयासमा सहकारीको बिकास सम्भब भएको बताए ।

बिशिष्ट अतिथिमा गोदावरी नगरपालिका कृषि सहकारी शाखाका दिव्य राज जोशी, गोदावरी नगरपालिका वाड नं. १ का अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्ट थिए ।
बैंकहरुको प्रमुख नेपाल राष्ट्रिय बैंक भए जस्तै सहकारीहरुको प्रमुख सहकारी बैंक हो । सहकारी बैंक को लागी उक्त कार्यक्रम पहिलो कार्यक्रम थियो । कार्यक्रममा बिभिन्न सहकारीबाट आएका ब्यक्तिहरुले आफ्नो बिचार ब्यक्त गर्दै अन्तरक्रिया गरे आ-आफ्नो समस्याको बारेमा जानकारी पनि दिए ।
गोदावरी नगरपालिका मा ६२ वटा सहकारीहरु छन । नबजीबन सहकारीमा मात्रै १ अरब २० करोडको रकम छ । कार्यक्रममा बोल्दै सभापति देब बमले सहकारीमा ऋण लिन झँझटिलो नभएको तर नियत खराब भएका व्यक्तिहरुले सहकारीको ऋण न तिरि सहकारीलाइ डुबाउने प्रयत्न गरेका छन । अनुदान भन्ने तर बजारमा महँगोमा मल बेच्ने बिउविजनको ब्यवस्था नगर्ने । बिउ महँगो किन्नु पर्ने र तरकारी सस्तो बेच्नु पर्ने आदि समस्याहरु छन भन्नु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले ग्रामीण भेगमा बस्ने जनताहरूलाइ सहकारीले सहयोग गर्नु पर्ने कति पय सहकारीहरु जनताको रकम लिएर भागेका छन हामिहरु सजक हुनु पर्छ । सहकारी बिकासको लागी नगरपालिकाले सहयोगको ढोका खुल्लै राख्ने बताए । नेपालमा अहिले ३३ हजार सहकारीहरु छन ।
कार्यक्रममा स्वागत मन्तव्य सभापति देब बहादुर बमले गरेको कार्यक्रमको संचालन राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रमुख दिनेश गेलालले गरेका थिए।



