जोशीपुर गाउँपालिकाका विद्यालयमा ३ दिन विदा

अत्तरिया- कैलालीको जोशीपुर गाउँपालिकाका विद्यालयमा ३ दिन विदा दिइएको छ । जोशीपुर गाउँपालिकाको निणर्य अनुसार गाउँपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा माघ ७ देखि ९ गतेसम्म जाडो बिदा गरिएको जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मार्शल पन्तले बताए ।

Dadeldhura hospital

‘जाडो बढ्दै गएकोले विद्यालयका बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले विद्यालयले दिन पाउने स्थानीय बिदा मध्ये बाँकी रहेको ३ दिन जाडो बिदा गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’ प्रमुख प्रशासकीय अधिकृत पन्तद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

Navadurga sun
Godawari sandesh

Loading...