कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी– कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३३ हजार ६ सय मूल्य बराबरको चिनी, प्याज, मिठाई, सुटपिस, गुड लगायतका सामान बरामद गरिएको छ।

त्यस्तै धनगढी–३ कै त्रिभुवनचोकबाट अन्दाजी २२ हजार १ सय ७० मूल्य बराबरको चिनी, प्याज, मिठाई, मिश्री, बेसन, मैदा, मटरदाना लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बिहीवारको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...