धनगढीबाट लागूऔषध सहित ५ जना पक्राउ

Bhancha ghar0

धनगढी– कैलालीको धनगढीबाट खैरो हिरोईनसहित ५ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी अनुसन्धान समुह (आरआइटि) सुदूरपश्चिम, लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलिले धनगढीको देबरियाबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका–७ देबरियाबाट ६.८७ ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका-६ का २४ वर्षीय राज चौधरी, पुनर्बास नगरपालिका-१ का २१ वर्षीय हरिलाल राना, पुनर्बास-१ कै ३२ वर्षीय कनैया राना, सोही ठाउँका १८ वर्षीय अर्जुन राना र बेलौरी नगरपालिका-७ का १९ वर्षीय अविसेन राना रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...