धनगढीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

धनगढी- कैलालीको धनगढीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी अनुसन्धान समुह (आर आइ टि) सुदुरपस्चिम, लागु औषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलिले धनगढीको देबरियाबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका ७ देबरियाबाट ६.८७ ग्राम खैरो हिरोईन सहित ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का २४ बर्षिय राज चौधरी, पुनर्बास नगरपालिका १ का २१ बर्षिय हरिलाल राना, पुनर्बास १ कै ३२ बर्षिय कनैया राना, सोही ठाउँका १८ बर्षिय अर्जुन राना र बेलौरी नगरपालिका ७ का १९ बर्षिय अविसेन राना रहेका छन् । उनिहरुलाइ पक्राउ गरि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रखिएको प्रहरिले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिममा नयाँ प्रहरी प्रमुख (डि आइ जि) रबिन्द्र केसि आए सङ्गै लागू औषध तथा चोरी तस्करी नियन्त्रणलाई प्रार्थमिकता दिएका छन् ।

Loading...