धनगढी २ बाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी- धनगढी २ ट्राफिक चोकबाट भन्सार छलीका सामान बरामद गरिएको छ । मंगलवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६७ हजार १० मूल्य बराबरको प्याज, नरीवल, मिठाई, गुलाबजामन, पापड, सुर्ति, बदाम, काजु, मैदा लगायतका सामान बरामद गरिएका हुन् । यस्तै धनगढीको सहिद गेटबाट अन्दाजी २३ हजार मूल्य बराबरको माछा बरामद गरिएको छ । प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनु्सन्धान गरिरहेको जनाएको छ ।

Loading...