कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेका ५ जना जुवाडे पक्राउ परेका छन् । कञ्चनपुर भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेश सिह बुडाल सहित पाँच जना मंगलवार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनिहरुलाई नगद ४८ हजार २ सय ६० र १ गड्डी तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...