डोटीमा बँदेलको आक्रमण : एक को मृत्यु, एक घाईते

डोटी- डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । डोटीको केआइसिंह गाउँपालिका-१ मा बँदेलको आक्रमणमा परेर घाइते भएकी बसीनाकी करिब ३५ वर्षीया जगुलीदेबी भुलको मृत्यु भएको हो ।

Bhancha ghar0

आज मंगलबार विहान ७२ वर्षीय भगी भुल र जगुलीदेबीलाई बदेलले आक्रमण गरेको थियो । दुबै जनालाई उपचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेबीको बिच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए । जगुलीदेबीको टाउँको र दुबै खट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टले बताए ।

भगी भुलको भने टाउँकोमा सामान्य चोट लागेको छ । भगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मंगलबार विहान ९ बजे घर नजिकैको खेतमा घाँस काट्ने क्रममा बदेलले आक्रमण गरेको थियो । डोटीमा प्रतेक वर्ष जङ्गली जनावरहरू भालू र बँदेलको आक्रमणमा परी मानिसहरूले ज्यान गुमाउँदै आएका छन् ।

Loading...