बझाङको चैनपुर बजार बन्द

बझाङ- बझाङको चैनपुर बजार बन्द गरिएको छ । सदरमुकामको मध्य भागमा आगलागी भएको घटनामा नगरपालिकाले लापरबाही गरेको भन्दै चैनपुरका व्यापारीले बजार बन्द गरेका छन् ।

Bhancha ghar0

जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट १ करोड बढीको क्षति भएको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएका हुन् । आइतबार दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ३२ वर्ष पुरानो एउटा कपडा पसलमा आगो लाग्दा १ करोड बढीको धनमाल जलेर नष्ट भएको थियो । आगलागी भएको करिब आधा घण्टापछि मात्रै आधा ट्यांकी पानी भरिएको जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो ।

यस्तो घटनाबाट पाठ सिक्दै आगामी दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले बताए । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले नगरपालिकाले विपद सम्बन्धी चुस्त तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएको बताए ।

Loading...