धनगढी- कैलालीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-९ पहलमान झोलुङ्गे पुलस्थित सडकबाट ५ ग्राम ६६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
घोडाघोडी नगरपालिका-१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका-४ का २७ वर्षीय अभिसेख चौधरी लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषध सहित पक्राउ गरेको हो ।