अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा एसईई आइडलको २१ औं अडिसन सम्पन्न

अत्तरिया- सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलको २१ औं अडिसन बिहीबार अत्तरियामा सम्पन्न भएको छ । अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा प्रदेश युवा परिषद एसईई आइडलको अडिसन सम्पन्न भएको हो ।

Bhancha ghar0

अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निःशुल्क रुपमा वितरण गरिएको थियो । एसईई आइडल ३ का सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

असोज देखि फाल्गुण सम्म सुदूरपश्चिम प्रदेशका ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् ।

Loading...