कैलाली उद्योग बाणिज्य संघद्धारा नयाँ सिडियोको स्वागत

धनगढी- कैलाली उद्योग बाणिज्य संघले हालै सरुवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारीको कैलालीमा स्वागत गरेका छन् । बुधवार कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको स्वागत गरिएको हो ।

Ganyapdhura gau

संघको सभा हलमा आयोजित कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रमुख जिल्ला अधिकारी मिश्रलाई माला र खादाले स्वागत गरेका हुन् । स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी उद्योग व्यवसायीहरूले जिल्लामा शान्ति सुरक्षा लगायत व्यवसायीले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए । व्यवसायीहरूले भारतबाट आयातित बस्तुलाई रोकेर स्थानीय उत्पादनलाई प्राथमिकता दिन, करको समस्या, आर्थिक मन्दी, बैङ्क ब्याजदरको समस्या, लागु औषध, मालपोत तथा नापी कार्यालयको अस्त व्यस्तता, सिमानाकाबाट हुने अवैध चोरी निकासी पैठारी लगायतको समस्या रहेको सुनाएका थिए ।

Navadurga sun
Dadhaldhura pur

यस्तै संघका अध्यक्ष पुष्पराज कुँवरले सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मिश्रलाई स्वागत सँगै सफल कार्यकालको शुभकामना दिएका छन्। उनले निजी क्षेत्र पनि प्रशासनसँग समन्वय गरेर आगामी दिनमा अगाडि बढ्न तयार रहेको बताए । अध्यक्ष कुवंरले भने, हाम्रा विगत देखीका मागहरू यथावत् रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनले गेटा विमान स्थल, गेटा मेडिकल कलेज, गौरीफन्टा नाका स्तरोन्नति लगायत निजी क्षेत्रका समस्या यथावत् रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले सक्दो पहल र गृह मन्त्रालयसम्म सुनुवाइ गरी समस्या समाधान गराइदिन आग्रह गरेका छन् ।

स्वागतपछि बोल्दै प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति सुरक्षाका लागि आफू कटिबद्ध भएर लाग्ने जानकारी दिए। खुल्ला सिमानाकाका कारण जिल्लामा धेरै चोरी पैठारी भएकाले साना ठुला जुन सुकै व्यापारी भए पनि आफूले पक्राउ गर्न नछोड्ने उनले बताए । उनले लागु औषध नियन्त्रणका लागि गृह मन्त्रालयसँग मौखिक सल्लाह भएकाले नियन्त्रणका लागि कडाइका साथ लाग्ने बताए ।

निजी क्षेत्रका समस्या र चुनौतीका विषयमा आफूलाई अवगत भएकाले कानुनमा टेकेर के गर्न सकिन्छ त्यस तर्फ आफूले काम गर्ने उनले बताए । उनले निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ छ । उनले सीमा क्षेत्रको पनि अनुगमन गरेकाले थप सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र मिश्रलाई फुुल मालाले स्वागत, खादा सहित मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै संघले भर्खर मात्रै नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालको ४७ औँ साधारण सभाबाट नाडा केन्द्रीय कार्यसमितिको संस्थागत उपाध्यक्ष पदमा निर्वाचित पुष्करराज ओझालाई सम्मान समेत गरेको थियो । ओझा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत हुन् । कैलाली उद्योग बाणिज्य संघले कैलाली जिल्लामा सुरुवा भएर आउनेलाई स्वागत तथा भेटघाट र जानेलाई बिदाइ कार्यक्रम नियमित गर्दै आएको छ । कार्यक्रममा विभिन्न उद्योग व्यवसायी, सुरक्षा निकाय तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...