बालकुमारीमा मारिएका अछामका शाह परिवारलाई कोरियाबाट सहयोग

धनगढी- कोरियन भासा परीक्षामा सहभागिताको माग गर्दै ललितपुरको बाल कुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका बिरेन्द्र शाहका परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कोरियामा बसोबास गर्दै आएका नेपालीले ७ लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका हुन् ।

यो अभियान सामाजिक अभियन्ता, धनगढी-१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा व्यक्तित्व बी वि सिंह ज्यूको अगुवाइमा नेपाली सम्पर्क, समिति, पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरियाको समन्वयमा संचालित अभियानबाट संकलित ७ लाख ५७ हजार रकम कोरियाबाट उपलब्ध भएको छ । एनआरएन कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईं ज्यूले कोरियाबाट पीडित परिवार सँग संवाद गरी यो आर्थिक हस्तान्तरण कार्यकममा भूमिका निर्वाह गरेका हुन ।

Navadurga sun

उक्त रकम अछाम सेवा समितिले आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गर्नु भएको हो ।

इपिएस भासा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका-१ सिउडीका बिरेन्द्र र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । कोरियामा रहेका नेपालीहरुले रावतका परिवारलाई पनि ७ लाख ५७ हजार रकम पठाएका छन् । सामाजिक अभियान्ता ईशा गुरूङले शाह र रावतको परिवारलाई १/१ लाख सहयोग गरेको सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले बताएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...