कञ्चनपुरको कृष्णपुरमा नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार परराष्ट्रमन्त्री एनपी साउदले उद्धघाटन गरेका हुन् ।

नगरपालिकाको आयोजना तथा नगरपालिका खेलकुद समिति कृष्णपुरको सह आयोजनामा हुन गैरहेको उक्त प्रतियोगिता पुष २६ गते सम्म चल्ने जनाईएको छ ।

Bhancha ghar0

वडा नम्बर ४ मा रहेको कृष्ण मा वि जारी उक्त प्रतियोगितामा २५ ओटा विद्यालयको सहभागीता रहेको छ । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले महाकाली परियोजना र पञ्चेश्वर परियोजनाको काम संगै अघि बढाउने बताएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एक महिनाभित्र महाकाली र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने समझदारी भएको उनले बताए । महाकाली परियोजनाबाट ६ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादनका साथै यस क्षेत्रमा रोजगारी पनि सृजना गर्ने उनको भनाइ छ ।

१० वर्षभित्र १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने तयारी भइरहेको उनले बताए । नेपालबाट भारत विद्युत निर्यात गर्न सके देशको अर्थतन्त्र पनि सुधारिने उनको दाबी छ । माघमा हुने जिल्ला स्तरिय छनौट प्रतियोगिता पनि सोहि विद्यालयमा कृष्णपुर नगरपालिकाले नै आयोजना गर्ने भएको छ ।

Loading...