महाकाली पुलको निर्माणाधीन चार लेनको पकी पुलको काम ३ महिना देखि ठप्प

कञ्चनपुर- महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम झन्डै तीन महिनादेखि ठप्प छ । बजेट अभावका कारण दसैं अगाडि देखि बन्द भएको काम अझै सुरु हुन सकेको छैन । निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा बजेट अभावले काम ठप्प भएको छ ।

पुल आयोजनाको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सीएफईसी कुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए । गत वर्ष र चालु आर्थिक वर्षको करिब २५ करोड भुक्तानी हुन बाँकी छ । निर्माण सामग्री खरिददेखि कामदारको पारिश्रमिक दिनसमेत रकम अभाव भएपछि दसैं अगाडिदेखि नै काम रोकिएको हो ।

‘गत आर्थिक वर्षकै चार करोड भुक्तानी हुन बाँकी छ,’ इन्जिनियर पाण्डेयले भने, ‘चालु आर्थिक वर्षमा काम गरेको र परिवर्तन गरिएको डिजाइनको एस्टिमेटअनुसारको पुनर्मूल्यांकनको भुक्तानी पनि बाँकी छ ।’ अहिले पहुँचमार्गको कामसँगै पुलका दुवैतर्फ निर्माणाधीन पोखरी गाइडबन्डको काम अन्तिम चरणमा छ । चालु आर्थिक वर्षमा आएको १८ करोडले गत वर्षकै भुक्तानी गर्न नपुगेको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ । १८ करोड भुक्तानी गरेर पनि गत वर्षको ४ करोड अझै भुक्तानी बाँकी छ ।

Malpot office dadeldhura

पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँचमार्गमध्ये दुई किमि कालोपत्रे गर्न बाँकी छ । नदी किनारमा केही स्पर निर्माणको काम पनि बाँकी छ । पोखरीको गाइड बन्डको काम पनि अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले यसै वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य राखेको थियो । तर बजेट अभावका कारण काम ठप्प भएपछि निर्धारित समयभित्र काम सकिने अवस्था छैन । तीन पटक म्याद थपेर चैत १५ सम्म पनि काम नसकिने इन्जिनियर पाण्डेय बताउँछन ।

‘हामीले पुसभित्रै काम सक्ने लक्ष्य राखेका थियौं, अब चैतमा पनि नसकिने देखिन्छ,’ उनले भने। तत्काल कम्तीमा २० करोड भुक्तानी गर्न सके मात्रै काम सुरु हुन सक्ने महाकाली पुल आयोजनाका प्रमुख सीडीई रामबहादुर गुरुङको भनाइ छ । ‘कामदारलाई पारिश्रमिक दिन र बन्द भएका मेसिन सञ्चालन गर्न समेत कम्तीमा २० करोड माग गरिएको छ,’ उनले भने, ‘निर्माण सामग्री खरिदका लागि समेत बजेट नभएर समस्या भएको हो ।’

भीमदत्त नगरपालिका-१२ र दोधारा चाँदनी नगरपालिका-१ जोड्न महाकाली माथि आठ सय मिटर लम्बाइको चार लेन पुलको दुवैतर्फ २६/२६ सय मिटर लम्बाइ र ६/६ सय मिटर चौडाइका पोखरी ठूलो ढुंगाको प्रयोग गरेर निर्माण गर्नुपर्ने सुरुको डिजाइन थियो । निर्माण कम्पनीले ठूला ढुंगा नपाएपछि ढुंगा र कंक्रिटको गाइड बन्ड बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो । तर उक्त डिजाइन विभागबाट स्वीकृत हुन सकेको छैन ।

महाकाली नदीमा साढे ५ लाख क्युसेक सम्मको बहावले २ सय ५२ किलोसम्मको ढुंगा बगाउन नसक्ने एक अध्ययनले देखाएको छ । सोही अनुरूप ठूला ढुंगा प्रयोग गरेर गाइड बन्ड बनाउने डिजाइन तयार पारिएको हो । पुलको माथिल्लो भागमा विगतमा निर्मित स्परको पनि डिजाइन परिवर्तन भएको छ । परिवर्तित डिजाइन अनुसार स्परको लम्बाइ बढाए पनि डिजाइन पनि स्वीकृत भएको छैन । ‘नदी बायाँतर्फ बगिरहेकाले च्यानलाइज (बीचमा बगाउने) गर्नुपर्ने र स्परको पनि डिजाइन परिवर्तन गरिएको छ,’ सीडीई गुरुङले भने, ‘यो महिना भित्रै बजेट निकासा गर्न सके निर्धारित समयमै काम सकिन्छ ।’

पुल आयोजनाले सबै काम सम्पन्न गर्न ५२ करोड बजेट माग गरिएको उनले बताए । ०७४ भदौमा निर्माण सुरु भएको पुलको समयावधि तीन पटक म्याद थपेर चैत १५ मा सकिँदै छ । सुरुमा यसको निर्धारित बजेट ३ अर्ब २७ करोड थियो भने भेरिएसन गरेर ३ अर्ब ६६ करोड पुगेको छ । फेरि भेरिएसन गरेर लागत बढ्ने निश्चित छ । कोरोना संक्रमण देखि निर्माण सामग्री अभाव लगायत कारण बेलाबेलामा अवरोध भएर निर्माणमा ढिलाइ हुँदा लागत पनि बढ्दै गएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...