बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँमै लगियो

काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवककाे शव परिवारको जिम्मा लगाइएको छ।मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पुर्‍याइएको छ ।

Bhancha ghar0

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए ।

बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी छ ।

Loading...