जेसिवी दुर्घटनामा चालकको मृत्यु

बझाङ- बझाङमा जेसिवी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राती ९ बजेको समयमा सिमखेत स्थित पुरानो बस पार्क नजिक सुदूरपश्चिम प्रदेश २४५३ नम्बरको जेसिवी दुर्घटना भएको हो ।

Bhancha ghar0

जेसिवी दुर्घटनामा परि बित्थडचिर गाउँपालिका-६ का ३० वर्षीय चालक प्रकाश कठायतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जेसिवी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालय तर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको सिटमुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक कठायत जयपृथ्वी नगरपालिकाको जेसिवी मेसिन चलाउँदै आएका थिए ।

Loading...