अत्तरीको एक पसलमा आगलागी

Bhancha ghar0

अत्तरिया- कैलालीको अत्तरीमा एक पसलमा सोमवार साँझ आगलागी भएको छ । गोदावरी नगरपालिका-१ भरतपुर टोलस्थित रामजानकी मन्दिरको गेट नजिकैको जयश्री वेद जनरल स्टोरमा विद्युत सर्ट भई आगलागी भएको हो । पसल सञ्चालक बन्द गरेर घर गइसकेका थिए ।

आगलागी भएको स्थानीयले देखेपछि सटरको ताल्चा तोडेर स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । पसल भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

Loading...