


काठमाडौं– बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)का सबै क्षेत्रमा परीक्षा दिन पाउनुपर्ने भन्दै भएको प्रदर्शनमा ७० बढी पक्राउ परेका थिए ।


पक्राउ परेका सबै शनिबार नै छुटिसकेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । स्रोतका अनुसार मुद्दा नचलाउने निणर्य भएपछि उनीहरूलाई प्रहरीले छोडेको हो ।



