बँदेलको आक्रमणबाट एक जना घाइते

बैतडी- बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । मेलौली नगरपालिका वडा नं.२ का अन्दाजी ३५ वर्षीय राम बहादुर चन्दलाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको हो । चन्दलाई बुधवार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको छ ।

Malpot office dadeldhura

स्यालढुंगा भन्ने गाउँमा जंगली बँदेलको बथान आएको र चन्द बँदेलको आक्रमणबाट घाइते भएका स्थानीयहरुले बताएका छन् । बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ ।

घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...