सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुचारु हुने

धनगढी- सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुचारु हुने भएको छ । एमआरआई सेवा सुचारु गर्न सेतीले आइतबार मेसिन ल्याएको हो ।

Bhancha ghar0

अब चाँडै मेसिन जडान गरेर सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष नर बहादुर शाह ‘निर्मल’ले जानकारी दिए । सुदूरपश्चिमको खस्थायी मुकाम धनगढीमा अवस्थित अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए ।

एमआरआई उच्चस्तरको प्रविधि हो । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।

त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ ।

Loading...