

प्रकाश बहादुर बोहरा
अत्तरिया- सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. २ जडेपानीमा रहेको श्री बैजनाथ माध्यमिक बिद्यालयले फन पार्कको निर्माण गरेको छ । बिद्यालयले १० लाख लागतमा फन पार्क निर्माण गरेको हो ।





प्राथमिक तहका बिद्यार्थीहरुको संख्या घट्ने क्रम भएकोले प्राथमिक तहका बिद्यार्थीहरुलाई आकर्षक गर्न र पढाईका साथसाथै पार्कमा रमाउँदै खेल्दै पढ्दै गरुन भन्ने हिसाबले विद्यालय व्यवस्थापन समितिको बार्षिक कार्य योजना बनाएर उक्त पार्क निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बहादुर सिंहले बताए ।

‘बिद्यालय जान बाच्चाहरु आफै तयार हुन भन्ने मनोबल उनिहरुमा बढ्सो भन्नको लागि फन पार्क निर्माण गरिएको हो ।’ उनले भने, ‘बालबच्चाहरु साँझ सम्म विद्यालयमा बसेर धेरै कुराहरु पढाई देखि लिएर खेलाई, मनोरञ्जनका कुराहरु बालबच्चाहरुलाई चाहिन्छ ।’

यस बिद्यालयले गरेको यस्तो किसिमको पहिलो क्रियाकलाप हो र यस्तै किसिमका क्रियाकलाप लगायत शैक्षिक गणस्तरका लागि पनि यस विद्यालयले आगामी दिनहरुमा कार्यहरु गर्दै जाने सिंहले बताए ।


त्यस्तै बिद्यालयका प्रधानाध्यापक थिरेन्द्र चन्द भट्टले थप आकर्षणका लागि बालबालिका सरकारी बिद्यालयमा बिद्यार्थी संख्या अनुसार व्यवस्थापन गर्नका लागि र चाइल्ड साइकोलोजी बुझेर बच्चाले खेल्दै रमाउँदै सिक्ने प्रक्रिया का लागि फन पार्क आवश्यक भएकोले हामीले नमुना बिकास कार्यक्रम भित्र पनि त्यसको योजना बनाउँदा एउटा फन पार्कको आवश्यकता महसुश गरेर राखेका थियौं उनले भने ।

त्यस्तै बिद्यालयका बाल बिकास शिक्षिका लक्ष्मी जोशीले पहिले बिद्यार्थीहरु खेल्नको लागि कम आउने गरेका थिए भने अहिले बिद्यालयमा बच्चाहरु एकदमै उत्साहका साथ आउने गरेका बताइन् । उनले भनिन्, ‘खेलका माध्यमबाट सिक्ने कुराहरु पनि भैरहेको छ ।’ खेलका माध्यमबाट शारिरीक, मानसिक र बौद्धिक बिकास हुनका साथै पढाई प्रति पनि उत्प्ररित भै सिक्न सक्ने बताइन् ।

बिद्यालयका अभिभावकले यस्तो किसिमको क्रियाकलाप हुन पर्ने बताए । सरकारी बिद्यालयले यस्तो किसिमको व्यवस्था गरी दिँदा साना बालबालिकाहरुलाई स्कुल पढाउन पनि सजिलो भएको बताउँदै हामीलाई पछि काम लाग्ने भनेको सरकारी बिद्यालय नै रहेको बताए ।
अर्का अभिभावकले बिद्यालयमा यस्तो किसिमको राम्रो क्रियाकलाप ल्याएको बताए । विद्यालयले नयाँ शैक्षिक सत्र देखि बिद्यालयमा अग्रेजी माध्यमबाट हाम्रा बालबालिकाहरुले पढ्न पाउन भनेर आश्वासन दिनु भएकोमा बिद्यालय प्रति धन्यवाद व्यक्त गरे ।
यस बिद्यालयले शिशु कक्षा देखि लिएर कक्षा १२ सम्म पठ्नपाठन गराउँदै आएको छ । बिद्यालयमो प्राविधिक शिक्षालाई प्राथमिकता राखेर कम्प्युटर इन्जिनियरिङ पठनपाठन समेत गराउँदै आएको छ । बिद्यालय शहरको कोलहल भन्दा टाढा रहेको उक्त बिद्यालयमा कपाण्ड वाल समेत गरिएको छ । बिद्यालयमा बोट विरुवाहरु लगाइएको स्वच्छ वातावरणले रमणिय बनेको बिद्यालयमा फन पार्क निर्माण हुँदा अझ बढी सोभायमान हुन पुगेको छ ।
फन पार्कमा रमाइलो गर्दै प्राथमिक तहका बिद्यार्थीहरु: